पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू-Sutra News

पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।



यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो ।

उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन् । फेरि पाकिस्तानी अल्पसंख्यक हिन्दू र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरे ।

उता पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि पठाएको छ ।

मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु क्रुद्ध भएका छन्  । उनीहरुले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरुको छ ।

अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि आएको छ ।

२२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९ औं आक्रमण भएको जनाइएको छ ।

घटनाले सांप्रदायीक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट