विश्व इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्नादेखि रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या-Sutra News

विश्व इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्नादेखि रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८
history

आज २२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः



अमेरिकी सेनामा समलिंगीलाई भर्ना

सन् २०१० मा अमेरिकी सेनामा ‘नसोध, नभन’ भन्ने नीति लागू गरिएको थियो । अमेरिकी सेनामा समलिंगीलाई पनि समावेश गर्ने योजनास्वरुप तत्कालिन राष्ट्रपति बाराक ओबामाले सो नीतिमा आजकै दिन हस्ताक्षर गरेका थिए । सो नीतिमा हस्ताक्षरपछि समलिंगीलाई सेनामा भर्ती हुने बाटो खुलेको थियो ।

रोमानियाका राष्ट्रपति र प्रथम महिलाको पदमुक्तपछि हत्या

देशव्यापी विशाल प्रदर्शनपछि सन् १९८९ मा रोमानियाका कम्युनिस्ट राष्ट्रपति निकोलेइ सिउसेस्कु पदमुक्त भएका थिए । पदमुक्त भएपछि राष्ट्रपति र उनकी पत्नी एलिनाले देश छोड्ने प्रयास गरेका थिए । प्रदर्शनकारीले उनीहरुलाई प्रकाउ गरि गोली हानेर हत्या गरेका थिए । सन् १९८० को दशकमा कम्युनिस्ट सरकार अपदस्तका लागि रोमानिया क्रान्ति इतिहासमा स्मरणीय छ ।

लिंकन सुरुङ

सन् १९३७ को २२ डिसेम्बर अर्थात आजकै दिन लिंकन सुरुङ खुला गरिएको थियो । १ दशमलब ५ माइल  (२ दशमलब ४ किलोमिटर) लामो सो सुरुङले हड्सन नदीमुनी रहेको छ । सुरुङले न्यु जर्सी र न्युयोर्क सहरलाई जोड्छ ।

प्रथम विश्वयुद्धबारे अमेरिका र बेलायतका नेताबीच भेटवार्ता

सन् १९४१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजेभेल्ट र बेलायतका प्रधानमन्त्री विनस्टन चर्चिलबीच वासिंगटन डीसीमा भेट भएको थियो । प्रथम विश्व युद्धबारे छलफल र रणनीति तय गर्न दुई नेताबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट