१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो-Sutra News

१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ ।



मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो ।

खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो । उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे ।

हाफ अघिनै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ४५ मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए ।  खेलको ६४ मिनेटमा सेभिया १० खेलाडीमा सिमित भयो । उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए ।

पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिया भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ ।

बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ ।

गय राति नै भएको भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ अन्तरले पराजित गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट