देउवालाई दुई तिहाई-Sutra News

देउवालाई दुई तिहाई

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।



मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ । नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् । चार पदका लागि भएको मधेसी महिलामा सबै देउवा निकट निर्वाचित भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट