पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु-Sutra News

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।



पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको  र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट