बोनस सेयर जारी गर्दा आयकर तिर्नुनपर्ने चार्टर्ड एकाउन्टेन्ट संघको दाबी [प्रतिवेदनसहित]-Sutra News

बोनस सेयर जारी गर्दा आयकर तिर्नुनपर्ने चार्टर्ड एकाउन्टेन्ट संघको दाबी [प्रतिवेदनसहित]

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले कुनै पनि बैंकले सेयर प्रिमियमबाट बोनस सेयर जारी भएको अवस्थामा त्यसमाथि कर लेखांकनको कारोवार नहुने जनाएको छ ।



एक प्रतिवेदन सार्वजनिक गर्दै संघले कर लेखांकनमा असर नगर्ने र बैंकहरूले जारी गरेको बोनस सेयर पूँजी योगदानबाट पूँजी योगदानमै रहने भएकाले त्यसमाथि कर नलाग्ने बताएको हो ।

उक्त प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘सेयर प्रिमियम कर्पोरेट शब्द हो, कर होइन । कारमा यो पूँजी योगदानमा समावेश हुन्छ । मुनाफाबाट सेयर प्रिमियममा थपिएमा त्यो लाभांश हुन्छ । सेयर प्रिमियमबाट बोनस सेयर जारी गर्ने गरी पूँजीकरण गरिएमा कर लेखांकनका लागि त्यो पूँजी योगदानबाट पूँजी योगदानमै रहन्छ अर्थात् कर लेखांकनको कारोवार हुँदैन ।’

राष्ट्र बैंक र कर कार्यालयको नीति बाझिएकाले मर्जरमा जान ढिलो भएको हिमालयन बैंकका सीईओ अशोक राणाले सूत्रन्यूजसँग बताएका थिए ।

पढ्नुहोस् यो पनि – राष्ट्रबैंक र करसम्बन्धी नीति बाझिएकाले मर्जरमा जान ढिलो भयो – अशोक राणा, सीईओ, हिमालयन बैंक [अन्तर्वार्ता]

सोही विषयमाथि अध्ययन गर्दै चार्टर्ड एकाउन्टेन्ट संघले ‘सेयर प्रिमियमबाट बोनस सेयर जारी गर्ने निकायलाई आयकरको प्रभावका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदन’ नामको एक दस्तावेज सार्वजनिक गरेको हो ।

‘सेयर प्रिमियमबाट बोनस सेयर जारी गर्दा यस निकायलाई कुनै पनि लाभ नहुने भएकाले कर लगाउनु न्यायोचितसमेत रहँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

हेर्नुहोस् प्रतिवेदन –

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट