मुख्यमन्त्रीले विश्वासको मत लिएको डेढ महिनापछि बाग्मती प्रदेशको बैठक बस्दै-Sutra News

मुख्यमन्त्रीले विश्वासको मत लिएको डेढ महिनापछि बाग्मती प्रदेशको बैठक बस्दै

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएको झण्डै डेढ महिनापछि आज बागमती प्रदेश सभा बैठक बस्न लागेको छ । गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक डेढ महिना पछि बस्न लागेको हो ।



बाग्मती प्रदेशको बैठक आज बुधबार दिउँसो १ बजे बोलाइएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसुची तय गरेपछि दिउँसो १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट