आतंकवाद विरोधी युद्धमा सहभागी हुनु गम्भीर भूलः पाकिस्तानी प्रधानमन्त्री खान-Sutra News

आतंकवाद विरोधी युद्धमा सहभागी हुनु गम्भीर भूलः पाकिस्तानी प्रधानमन्त्री खान

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए ।



राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुको कारण मलाई राम्रोसँग थाहा छ । तर, आमपाकिस्तानीलाई यसबारे कुनै जानाकारी दिइएन, ’ उनले भने ।

सन् २००१ मा तत्कालिन सेना प्रमुख जनरल पर्भेज मुसरफले आतंकवादविरुद्धको अमेरिकी युद्धमा पाकिस्तानले पनि सहयोग गर्ने घोषणा गरेको थिए ।

एक प्रसंगमा प्रधानमन्त्री खानले पाकिस्तानले अफगानिस्तानलाई निरन्तर सहयोग गर्ने बताए । खानले यसअघि पाकिस्तान पिुपल्स पार्टी ९पीपीपी० र पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजको विरोध गरेका थिए ।

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिग–नवाज र पीपीपीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको आरोप लगाएका थिए ।

ती पार्टीका नेताहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको उनले आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट