न्याय सेवा आयोगको वैठक स्थगित-Sutra News

न्याय सेवा आयोगको वैठक स्थगित

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

बुधबार बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट