इम्पायर कन्सलटेन्सीको ब्राण्ड एम्बास्डरमा अनमोल केसी-Sutra News

इम्पायर कन्सलटेन्सीको ब्राण्ड एम्बास्डरमा अनमोल केसी

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

इम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरले अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी इम्पायरले केसीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको जानकारी दिएको हो ।



उक्त कार्यक्रममा इम्पायरका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाह र केसीले हस्ताक्षर गरिएको सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने समझदारी भएको शाहले बताए । उनले भने– ‘थप सहकार्यबारे फेरी जानकारी दिदैं जानेछौं ।’

ब्राण्ड एम्बास्डर नियुक्त भएकोमा खुशि व्यक्त गर्दै केसीले अभिनेता समेत रहेका शाहसँग व्यवसायिकभन्दा पनि ब्रदरहुडको कारण पनि इम्पायरसँग आबद्ध भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट