फेरी एकजनामा ओमिक्रोन भेरियन्टको संक्रमण-Sutra News

फेरी एकजनामा ओमिक्रोन भेरियन्टको संक्रमण

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा रहेका छन् । उनले बृद्धको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र परिणाम आउन बाँकी रहेको बताइन् ।

नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट