काठमाडौँ । सत्तारुढ गठबन्धनले (एमसीसी) अध्ययनका लागि बनाएको कार्यदलको पहिलो बैठक सुरू भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलको पहिलो बैठक खनाल निवास डल्लुमा बसेको हो ।
एमसीसीको विषयमा थप छलफल आवश्यक रहेको भन्दै गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका थिए । सो बैठकमा एउटा कार्यदल बनाइएको थियो । त्यसमा झलनाथ खनाल पनि रहेका थिए ।
खनालको नेतृत्वमा रहेको ३ सदस्यीय एमसीसी अध्ययन कार्यदलमा नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् ।