सप्तरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ-Sutra News

सप्तरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

सप्तरीको कञ्चनरुपबाट ब्राउन  सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन् ।



ब्राउन सुगरसहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

म्याद थप गरि दुवै जना माथि लागु औषध औसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट