पश्चिमी वायुकाे प्रभाव, यी क्षेत्रमा हिमपातकाे सम्भावना-Sutra News

पश्चिमी वायुकाे प्रभाव, यी क्षेत्रमा हिमपातकाे सम्भावना

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट