श्रीमतीलाई धोका दिएर अर्कैसँग लसपस गर्न इटाली जाँदा कोरोना संक्रमण-Sutra News

श्रीमतीलाई धोका दिएर अर्कैसँग लसपस गर्न इटाली जाँदा कोरोना संक्रमण

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

एक श्रीमानलाई आफ्नी श्रीमतीलाई धोका दिएर गोप्य ट्रिपमा इटली घुम्न जानु निकै महंगो साबित भएको छ । ती श्रीमानलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।



उनको गोप्य सम्बन्धको खुलासा त्यतिखेर भयो जब उनीसँग आइसोलेसन सेन्टरमा स्वास्थ्य अधिकारीहरुले सोधपुछ गरे । यी श्रीमान इङल्याण्डका हुन् ।

द सनको रिपोर्टअनुसार ३० वर्षका व्यक्तिको एक महिलासँग गोप्य सम्बन्ध चलिरहेको थियो । उनले आफ्नी श्रीमतीलाई धोकामा राखेर ती महिलासँग इटली घुम्न गएका थिए । इटलीमा उनी कोरोनाभाइरसबाट संक्रमित भएर बिरामी भए ।

जब उनी इङल्याण्ड फर्किए, उनको हालत निकै बिग्रियो । उनको परीक्षण गर्दा उनीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ पाइयो । यतिमात्र होइन उनीसँग इटली गएकी उनकी गर्लफ्रेण्ड पनि संक्रमित भेटिइन् ।

दुवैलाई आइसोलेसनमा राखिएको छ जहाँ उनीहरुको स्वास्थ्य अवस्था स्थिर बताइएको छ । आइसोलेसन सेन्टरमा डाक्टरले सोध्दा उनले आफू श्रीमतीलाई धोका दिएर इटली गएको बताए ।

उनकी श्रीमतीलाई यत्ति थाहा थियो कि उनी व्यवसायिक कामको लागि इटली गएका छन् । श्रीमानलाई कोरोनाभाइरस संक्रमण भेटिएपछि उनको पूरै परिवारलाई निगरानीमा राखिएको थियो तर, उनीहरु ठिक भएपछि उनीहरुलाई घरमै बस्न सल्लाह दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट