एमाले रोजेका स्थानीय तहका प्रमुखहरु भटाभट माओवादी पार्टी परित्याग गर्दै-Sutra News

एमाले रोजेका स्थानीय तहका प्रमुखहरु भटाभट माओवादी पार्टी परित्याग गर्दै

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ ।



माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो ।

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदैछन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट