कोभिड १९ को खोप लगाउन नक्कली हात तेर्स्याएपछि जेलको बास-Sutra News

कोभिड १९ को खोप लगाउन नक्कली हात तेर्स्याएपछि जेलको बास

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

एक इटालियन व्यक्तिले नक्कली हात लगाएर आफ्नो कोभिड-१९ को खोप लिएपछि ठगीको केसमा अदालत धाउनु परेको छ ।



कोभिड १९ को खोप लगाउन उनले नक्कली हात लगाएर गएका थिए । सिलिकन प्रोस्थेटिकको हात उनले सयौं युरो तिरेर किनेका हुन् ।

उत्तरी पिडमन्ट क्षेत्रको टुरिन नजिकैको सहर बिएलाको भ्याक्सिन हबमा भएको यो विचित्र घटना इटालीले खोप नगरिएका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूबाट प्रतिबन्ध लगाउने उपायहरूको घोषणा गरेको एक हप्ता पछि बाहिर आएको हो ।

डाक्टरको अगाडि सहमति फारममा हस्ताक्षर गर्ने सहित कर्मचारीतन्त्रको औपचारिकता पूरा गरेपछि, ५० वर्षका ती व्यक्ति बसे र आफ्नो शर्टलाई माथि उठाएर स्वास्थ्यकर्मीलाई खोप लगाइदिन आग्रह गरे ।

सिलिकन छाला जस्तै देखिने भएकाले सुरुमा स्वास्थ्यकर्मीले अनौठो मानेनन् । तर नजिकबाट हेरेपछि र पाखुरा छोएपछि, चिकित्सकले मानिसलाई आफ्नो शर्ट खोल्न भने । त्यसपछि उनको योजनाको पर्दाफास भयो ।

खोप लगाइदिने डाक्टरले ला रिपब्लिकालाई भने, ‘मैले एक व्यवसायीक व्याक्तित्वका रूपमा अपमानित महसुस गरें । हातको रंगले मलाई शंकास्पद बनायो र त्यसैले मैले मानिसलाई उसको बायाँ हातको बाँकी भाग खोल्न आग्रह ग रें। यो राम्रोसँग बनाइएको थियो तर यो एउटै रंग थिएन ।’

नर्सहरू पनि उसको नक्कली हात देखेर दंग परे । एक नर्सले भनिन्, ‘सायद उ नक्कली हात भएको बिरामी हुन सक्थ्यो, तर खोप नै नक्कली हातमा लगाउन जबरजस्ती गरेपछि उसको योजना बाहिरियो ।’

ती व्यक्तिले नक्कली हातमा किन खोप लगाउन खोजे भन्ने अहिलेसम्म खुलासा भएको छैन । डाक्टरलाई झुक्याउन खोजेको आरोपमा उनलाई तत्कालै पक्राउ गरेर हिरासतमा लिइएको थियो ।

अहिले उनी आफ्नै कारणले मुद्दा लडिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट