ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन-Sutra News

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

बिहीबार ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।



ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र चार दशमवलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट