दंगलमा छोरीको भूमिकामा रहेकी फातिमासँग अमिर खानले तेस्रो बिहे गर्ने चर्चा-Sutra News

दंगलमा छोरीको भूमिकामा रहेकी फातिमासँग अमिर खानले तेस्रो बिहे गर्ने चर्चा

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

केही महिनाअघि आफ्नी दोस्री श्रीमती किरण रावसँग सम्बन्धबिच्छेद गर्ने घोषणा गरेका अमिर खानले तेस्रो विवाह गर्न लागेको चर्चा बलिउडमा चलेको छ ।



उक्त चर्चामा के दाबीसमेत गरिएको छ भने लालसिंह चड्डा नामको सिनेमा रिलिज भएपछि अमिरले आफ्नो बिहेको बारेमा बताउने छन् ।

सामाजिक सञ्जालका भारतीय प्रयोगकर्ताहरूले अमिर र फातिमाको सँगै उभिएको फोटोसमेत सार्वजनिक गर्दै बिहे भइसकेको दाबी गरेका छन् ।

उनको तेस्रो बिवाहको चर्चा ‘राष्ट्रिय राजपुत करणी सेना’ नामको फेसबूक एकाउन्टबाट चलेको हो । भाइरल भएको एक पोस्टमा लेखिएको छ, ‘फातिमा शेख ती अभिनेत्री हुन्, जसले दंगलमा अमिर खानकी छोरीको भूमिका निभाएकी थिइन् । अहिले अमिरकी श्रीमती बनेकी छन् । यद्यपि यो अमिरको निजी मामिला हो तर सत्वेमेव जयतेलाई प्रोमोट गर्दै बालविवाह, बहुविवाहका बारेमा अब उनले कसरी कार्यक्रम चलाउलान् ?’

भारतको राष्ट्रिय दैनिक अमर उजालाले अमिरले फातिमासँग बिहे गरेको कुरा स्वतन्त्र रूपले पुष्टि नभएको जनाएको छ । अमर उजाला लेख्छ, ‘विहेको सच्चाई अमिर र फातिमाबाहेक कसैलाई थाहा छैन । किरण रावको फोटोलाई एडिट गरेर फातिमाको जस्तो बनाइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट