सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीको भाउ पनि वृद्धि-Sutra News

सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीको भाउ पनि वृद्धि

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८
sun

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार ७ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।



आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट