सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका-Sutra News

सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

बिहीबार सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० मा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।



सूर्या लाइफले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न २९ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट