‘रेडी भएर बस्नु’ भन्दै बजारमा आए आर.के श्रेष्ठ-Sutra News

‘रेडी भएर बस्नु’ भन्दै बजारमा आए आर.के श्रेष्ठ

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक गरिएको छ । आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो गीतमा आर.के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको रहेको छ । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ ।



बिधान कार्कीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मान सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायांकन रहेको छ ।

नायिका केकी अधिकारीको आज परेको जन्मदिनको अवसरमा यो भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोमान्टिक पललाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् । पाँच दिन अघि ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने यो समाचार तयार पार्दासम्म ६४ हजार बढी पटक हेरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट