व्यापारघाटा ५४ प्रतिशतले बृद्धि, निर्यातभन्दा अयात ८ गुणा बढी-Sutra News

व्यापारघाटा ५४ प्रतिशतले बृद्धि, निर्यातभन्दा अयात ८ गुणा बढी

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुुगेको छ ।



भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब पुगेको छ ।

यस अवधिमा नेपालबाट एक खर्ब दुई अर्ब बराबरको निर्यात भए पनि आयात भने आठ खर्ब ३८ खर्ब रुपैयाँ बराबरको भएको छ । गत वर्षको तुलनामा यस अवधिमा आयात ५९ दशमलव ५५ प्रतिशत र निर्यात १०५ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको मंसिरसम्ममा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात तथा ५० अर्ब पाँच करोडभन्दा धेरैको निर्यात भएको थियो ।

उच्च आयातका कारण मुलुको शोधानान्तर घाटा उच्च हुनुका साथै वैदेशिक मुद्रा संचिती पनि घट्दै गएको छ । उच्च आयातका कारण देशको भुक्तानी सन्तुलन नै बिग्रन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीलगायतका बहुमूल्य र सवारीसाधान, श्रृंगारलगायतका विलासी सामानको आयातमा निरुत्साहित गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट