चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्चको आदेश-Sutra News

चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्चको आदेश

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।



उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट