२०२१ मा सर्वाधिक बढी के खोजिए गुगलमा, सार्वजनिक भयो यस्तो रिपोर्ट-Sutra News

२०२१ मा सर्वाधिक बढी के खोजिए गुगलमा, सार्वजनिक भयो यस्तो रिपोर्ट

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

सर्च इन्जिन गुगलले सन् २०२१ मा सबैभन्दा धेरै खोजी गरिएका महत्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी सूची सार्वजनिक गरेको छ । गुगलको यो सूचीले संसारका मानिसहरु अहिले के सोचिरहेका छन् भन्ने कुराको झलक देखाउँछ ।



संसारभर कोरोना महामारीले जनजीवन आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली ‘डूमस्क्रोलिङ’ शब्दको सर्वाधिक खोजी गरिएको छ । यो शब्दको खोजीले उक्त समयमा मानिसले बाँचेको समयलाई प्रतिविम्वित गर्छ । खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ।

गुगलका अनुसार विश्वभरि ‘डूमस्क्रोलिङ’ भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसलाई जनवरीमा सबैभन्दा बढी खोजियो । विश्वभरि नै धेरै मानिसका लागि अनिश्चितता र तनावको समय रह्यो। सीमानाकाहरू बन्द भए, हवाई सेवा रोकियो र लकडाउनहरू भए।

सन् २०२१ मा खोजिने अर्को शब्द ‘मेन्टल हेल्थ’ अर्थात्‌ मानसिक स्वास्थ्य रह्यो । आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो।

हाउ टु मेन्टेन मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र हाउ टु हील अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च भयो । गुगलका अनुसार हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गरिएको छ ।

गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखियो। सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयो ‘हाउ टु गेट ए जब’ अर्थात्‌ जागिर कसरी पाउने भन्दा ‘हाउ टु स्टार्ट ए बिजनेस’ अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो।

पैसा कमाउनेबारे मानिसहरूको रुचि देखिएको अर्को शीर्षक रह्यो – एनएफटीहरू

एनएफटी अर्थात्‌ ननफन्जिबल टोकन यस्तो डिजिटल चित्र अथवा कलाकृति हो जसको स्वामित्व पुष्टि गर्नका लागि बनाइएको टोकन किनबेच गर्न सकिन्छ।ट्विटरका संस्थापक ज्याक डोर्सीको एनएफटीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री भएपछि त्यसबारे हाम्रो जिज्ञासा उत्कर्षमा पुग्यो।

शाही भूमिका परित्याग गरेपछि यूकेका राजकुमार ह्यारी र उनी श्रीमती मेगन मार्कलले गत मार्च महिनामा अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ता दिए। गुगल ट्रेन्ड इतिहासमा त्यो विश्वभरि ‘सबैभन्दा धेरै सर्च भएको’ अन्तर्वार्ता बन्यो।

नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो। जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो र नेटफ्लिक्समा त्यो सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्न सफल भयो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट