चर्चीत गीत ‘द शेप अफ यु’ का एड शीरनको कमाई ७० मिलियनबाट घटेर जम्मा ६ सय !-Sutra News

चर्चीत गीत ‘द शेप अफ यु’ का एड शीरनको कमाई ७० मिलियनबाट घटेर जम्मा ६ सय !

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

बेलायती सुपरस्टार एड शीरनले लकडाउनको समयमा सांगीतिक क्षेत्र नचलेका कारण कारणले आफ्नो आम्दानी ७० मिलियन युरोबाट घटेर जम्मा ६ सय युरोमा झरेको छ ।



द सनमा प्रकाशित गरिएको एक समाचार रिपोर्टका अनुसार शीरनले गत मार्च २०२० सम्म ७० मिलियन युरो कमाएका थिए । त्यसयता उनको कमाई लगभग शून्यमा झरेको छ ।

‘द शेप अफ यू हिटमेकर’का रूपमा चर्चित शीरनले त्यसयता जम्मा ५ सय ९१ युरो मात्र कमाए ।

‘उनले आफ्नो सांगीतिक भ्रमणबाट गत तीन वर्षमा २५० मिलियन युरो भन्दा बढी कमाएका छन्,’ द सनले स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ, ‘तर अब उनले केही विश्राम लिएका छन् । आम जनता जस्तै, जसले दिनमा डेढ युरो जति कमाउँछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट