बागमती प्रदेशसभाको बैठक अनिश्चित-Sutra News

बागमती प्रदेशसभाको बैठक अनिश्चित

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएपछि अर्को बैठक कहिले बस्ने हो अनिश्चित भएको छ । प्रमुख प्रतिपक्षि एमालेले सभा अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको घोषणा गरे ।



प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

आजको बैठक स्थगित भएपछि उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट