थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु-Sutra News

थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

देशैभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जनामा संक्रमण देखिएको हो ।



त्यस्तै पछिल्लो २४ घन्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ । देशैभर हाल ५१६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट