पौडेल, सिटौला र सिंहलाई केन्द्रीय समितिमा ल्याउने देउवाको तयारी-Sutra News

पौडेल, सिटौला र सिंहलाई केन्द्रीय समितिमा ल्याउने देउवाको तयारी

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापतिको रेसबाट बाहिर भएका रामचन्द्र पौडेल, कृष्ण सिटौला र सभापतिमा हारेका प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् ।



विधानअनुसार सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । त्यही अधिकारलाई प्रयोग गर्दै शुक्रवार उनले केन्द्रीय सदस्यहरूको मनोनयन गर्ने भएका हुन् ।

पहिलो चरणमा हार बेहोरेपछि सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापति बनाउन मदत गरेका थिए । त्यस्तै सिटौला भने महाधिवेशन शुरू हुनुभन्दा पहिले नै देउवासँगको गठबन्धनमा थिए ।

तर वरिष्ठ नेतासमेत रहेका पौडेल सभापतिको आकांक्षी भएपनि महाधिवेशनमा निर्वाचन लडेनन् । आफ्नो समूहबाट कुनै एक सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि मतदान प्रक्रियामासमेत पौडेल सहभागी भएका थिएनन् ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिवार बस्ने तय भएको छ । बैठकअघि देउवाले केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट