माओवादीले बोलायो स्थायी कमिटी बैठक, प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गरिने-Sutra News

माओवादीले बोलायो स्थायी कमिटी बैठक, प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गरिने

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ ।



राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजमाथि छलफल गर्न स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए ।

बैठक शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

प्रचण्डले आफ्नो दस्तावेज वैज्ञानिक समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा बढी जोड दिएको बताएका छन् ।

माओवादीको राष्ट्रिय सम्मेलन पौष ११ देखि सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट