२०२२ मा कुन कुन फोन आउँदैछन् ?-Sutra News

२०२२ मा कुन कुन फोन आउँदैछन् ?

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

हामी २०२१ को अन्तिमतिर छौं । यो वर्ष स्मार्टफोनको बजार सामान्य नै रह्यो । केही फोन लोकप्रिय भए । केहीले अपेक्षा गरेअनुसार स्थान जमाउन सकेनन् । त्यस्तै बजारमा चिप अभावका कारण केही फोनको उत्पादनमा असर पर्‍यो ।



अब मोबाइल निर्माताकाे ध्यान नयाँ वर्ष २०२२ तिर माेडिएकाे छ । २०२२ मा नयाँ फोन किन्न चाहनेका लागि उनीहरुले के ल्याउँदैछन् त ? आजको लेखमा पाँच चर्चामा रहेका पाँच फोनको चर्चा गर्दैछौं, जुन सन् २०२२ मा सार्वजनिक हुनेछन् ।

एप्पल आईफोन एसई थ्री

सन् २०१६ मा पहिलो सिरिज सार्वजनिक भएको आईफोनको सस्तो फोन ‘आईफोन एसई’ को तेस्रो जेनेरेशन २०२२ मा सार्वजनिक हुने तयारीमा छ । यो फोन २०२२ को सुरुवातमा नै सार्वजनिक हुने बताइएको छ ।

यो फोनले फाइभजी सपोर्ट गर्ने र आईफोन १३ मा प्रयोग भएको ए१५ बायोनिक चिप प्रयोग हुने अनुमान छ । हालसम्म बाहिरिएकाे विवरणअनुसार ‘एसई थ्री’ मोडलको डिजाइनमा खासै ठूलो परिवर्तन हुनेछैन ।

आईफोन एसईको तेस्रो जेनेरेसन पनि ४.७ इन्च स्क्रिनमा आधारित हुने धेरैको अनुमान छ ।

आईफोन १४ म्याक्स

एउटा मोडेलको फोन सार्वजनिक गरेको केहि समय नबित्दै अर्को फोन सार्वजनिक गर्नु एप्पलको लागि अब सामान्य भइसकेको छ । आईफोन १३ सार्वजनिक भएको भोलिपल्टदेखि नै आईफोन १४ को चर्चा सुरु भइसकेको थियो ।

यसैबीच एप्पलले आफ्नो सुपर साइज भर्सनको स्मार्टफोन ‘आईफोन १४ म्याक्स’ २०२० मा सार्वजनिक गर्ने तयारी गरेको छ ।

आउने वर्षदेखि एप्पलले आईफोन मिनी भर्सनको उत्पादन रोकेर ६.७ इन्चको स्मार्टफोन उत्पादन गर्ने तयारी गरिरहेको छ । यसको अर्थ हो, आईफोन १४ को सिरिजमा हुने फोनमा ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ ।

आईफोन १४ म्याक्स ठूलो स्क्रिन मनपराउने प्रयोगकर्ताका लागि उपयोगी हुने अनुमान गरिएको छ । याे फोनमा ४८ मेगापिक्सेलको वाइड रियर क्यामेरा हुने बताइएको छ ।

यो फोन सम्भवत: २०२२ को सेप्टेम्बर महिनामा हुनेछ ।

सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा 

एस २१ अल्ट्रामा प्रयोगकर्ताको धेरै गुनासो रहेपछि सामसङले ती गुनासो हटाउँदै ग्यालेक्सी एस २२ अल्ट्रा ल्याउने तयारी गरेकाे छ ।

एस२२ अल्ट्रामा एस-पेन उपलब्ध हुने बताइएको छ, जुन एस २१ अल्ट्रामा उपलब्ध थिएन ।

त्यसैगरी यसमा कन्टिनियस अप्टिकल जुमसहितको क्यामेरा सेटअप हुनेछ, जुन डार्क रेड, स्ट्यान्डर्ड ब्ल्याक, हरियो र ह्वाइट कलरमा उपलब्ध हुने बताइएको छ । त्यस्तै यो फोनमा स्न्यापड्रागन ८९८ प्रोसेसर हुनेछ ।

सामसङ ग्यालेक्सी एस २१ एफई 

सन् २०२० मा सामसङको ग्यालेक्सी एस२० एफई (फ्यान इडिसन) ले बजारमा राम्रै स्थान पाउन सफल भएको थियो । अब भने सामसङले २०२२ को जनवरीमा नै ग्यालेक्सी एस२१ एफई सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यद्यपि सुरुवाती चरणमा यो फोन युरोपको बजारमा मात्र उपलब्ध हुने बताइएको छ । तर यस विषयमा कम्पनीले भने कुनै कुरा बोलेको छैन ।

यो फोनको मूल्य ५०० डलर (६०,०००) देखि ८०० सय डलर (९७,०००) सम्म हुने अनुमान गरिएको छ । ६.४ इन्चको डिस्प्ले हुने फोनमा ३२, १२ र ८ मेगापिक्सेलको तीनवटा क्यामेरा उपलब्ध हुने चर्चा छ ।

वन प्लस १० प्रो 

वनप्लसका प्रयोगकर्ताले व्यग्ररुपमा प्रतिक्षा गरिरहेको वनप्लस १० प्रो २०२२ मा सार्वजनिक हुँदैछ । सार्वजनिक भएका केही जानकारीअनुसार वनप्लस १० प्रोमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्चको एमोलेड डिस्प्ले हुनेछ ।

त्यसैगरी यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरासहित ४८ मेगापिक्सेल, ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको मेन क्यामेरा सेट उपलब्ध हुनेछ । फोनमा ८० वाटको चार्जर उपलब्ध हुनेछ भने यसमा एन्ड्रोइड १२ प्रयोग गर्ने बताएको छ ।

यसका साथै अन्य ब्राण्डका नयाँ फोनले पनि सन् २०२२ मा राम्रै बजार लिने अनुमान गरिएको छ । जस्तो साओमीले चाँडै नै ल्याउने भनिएकाे ‘साओमी १२ सिरिज’ ले पक्कै पनि सन् २०२२ लाई लक्षित गर्दै बजार बढाउनेछ । यो फोन स्नयापड्रागन ८ जेन १ प्रोसेसरसहित आउने भएकाे छ ।

त्यस्तै गुगलको पिक्सेल सिक्स ए, ओप्पो फाइन्ड एन, ह्वावेको मेट ५० प्रो, वनप्लस १०, सामसङ ग्यालेक्सी एस अल्ट्रा, भिभो एक्स ८० सिरिज लगायतका फोन पनि स्मार्टफोन पारखीले प्रतिक्षा गरिरहेका छन् । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट