झलनाथलाई एमालेको चिन्ता-Sutra News

झलनाथलाई एमालेको चिन्ता

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताएका छन् ।



हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबेको भन्दै अब छिट्टै सकिने पनि बताएका छन् ।

उनले भने, ‘अहिले जुन पार्टी हो नेकपा(एमाले) त्यो पनि सग्लो रहेन। र, अहिले विभिन्न ठाउँहरुमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन्। थामिनेवाला छैन। यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरेपनि त्यो अगाडि बढ्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट