निधिलाई गृहप्रदेशमा नै धक्का, प्रदेश २ को सभापतिमा देउवा पक्षका यादव निर्वाचित-Sutra News

निधिलाई गृहप्रदेशमा नै धक्का, प्रदेश २ को सभापतिमा देउवा पक्षका यादव निर्वाचित

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।



उनीसंग प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ ।

यससंगै काँग्रेसका नेता विमलेन्द्र निधिलाई धक्का लागेको छ । उनको पकड रहेको प्रदेशमा देउवा पक्षका नेता सभापतिमा निर्वाचित भएपछि उनलाई धक्का लागेको हो ।

१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट