गजमेरको नयाँ गीत ‘हे ईश्वर’ सार्वजनिक-Sutra News

गजमेरको नयाँ गीत ‘हे ईश्वर’ सार्वजनिक

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

गायक नारायण गजमेरको नयाँ गीत ‘हे ईश्वर’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक नारायण गजमेरको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको गीतको भिडियो शुक्रबार बजारमा आएको हो ।



अमेरिकामा बस्दै आएका गायकको दर्जनौँ नेपाली आधुनिक गीतमा डम्बर नेपालीको शब्द तथा संगीतमा हे ईश्वरको भिडियो बजारमा ल्याएका हुन् । वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र सुरविना कार्कीको अभिनय रहेको छ।

विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गायक गजमेरको निश्चल एल्वम बाट यस गातलाई दुर्गा खाती गजमेरले प्रोड्युस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट