माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक दस्तावेज प्रस्तुत, बैठक पुनः ३ बजे बस्ने-Sutra News

माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक दस्तावेज प्रस्तुत, बैठक पुनः ३ बजे बस्ने

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज अपरान्ह ३ बजे पुनः बस्ने गरी सकिएको छ। आज बिहान बसेको बैठक केही बेरअघि सकिएको हो ।



बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गरिने राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको जानकारी दिए । उनका अनुसार अहिले सकिएको स्थायी कमिटी बैठक पुनः अपरान्ह ३ बजे बस्नेछ ।

उनले नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण हुन लागेको र यसबारे दिउँसो बस्ने बैठकमा छलफल हुने बताए।

माओवादी केन्द्रको पुस ११ देखि काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट