भैंसीले पत्ता लगायो आफैलाई चोर्ने चोर-Sutra News

भैंसीले पत्ता लगायो आफैलाई चोर्ने चोर

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

भारतको उत्तर प्रदेशको कन्नौजमा एउटा चोरीको यस्तो घटना भयो, जसको समाधान कुनै प्रहरी चौकी या अदालतले होइन बरू भैंसीले गरेको छ ।



कन्नौज जिल्लानिवासी विरेन्द्र नामका एक व्यक्तिले प्रहरीमा आफ्नो भैंसी चोरी भएको भन्दै मुद्दा दर्ता गरे । उनले आफ्नो साथी धर्मेन्द्रमाथि चोरीको आरोप लगाएका थिए ।

धर्मेन्द्रले भैंसी आफ्नै भएको दाबी गरेपछि प्रहरी संकटमा पर्यो । प्रहरीले भैंसीलाई ल्याएर खुला चौरमा छोड्यो अनि विरेन्द्र र धर्मेन्द्र दुवैलाई भैंसीलाई बोलाउन आग्रह गर्यो ।

केही समयपछि भैंसी विरेन्द्रको पछि लाग्न थाल्यो । प्रहरीले भैंसी चोरी भएको निष्कर्ष निकाल्दै धर्मेन्द्रलाई कारवाही गर्ने निर्णय गर्यो ।

भारतीय सञ्चार एजेन्सी आइएएनएसका अनुसार विरेन्द्रको घरबाट चोरी भएको त्यो भैंसीलाई भैसीबजारमा लगेर धर्मेन्द्रले अर्कै व्यक्तिलाई बेचिदिएका थिए । जब आफ्नो भैंसी खोज्दै विरेन्द्र भैंसीबजार पुगे, आफ्नो भैंसी देखे अनि समात्न खोजे ।

चोरीको भैंसी किनेका ती व्यक्तिले विरेन्द्रमाथि भैंसी आफ्नो भएको भन्दै हातपात समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट