मन्त्रिपरिषदको हास्यास्पद निर्णय – शनिवार सार्वजनिक विदा !-Sutra News

मन्त्रिपरिषदको हास्यास्पद निर्णय – शनिवार सार्वजनिक विदा !

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

सरकारले क्रिसमस डेको अवसरमा शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

पुस १० गते शनिवार पर्छ । शनिवार यसै पनि सार्वजनिक विदाको दिन हो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ ९१० बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (इएमएस)को महसुसल पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट