एलआईसी नेपालको २१.०५ प्रतिशत लाभांश प्रस्ताव-Sutra News

एलआईसी नेपालको २१.०५ प्रतिशत लाभांश प्रस्ताव

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।



यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट