पुस अन्तिम साता भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी-Sutra News

पुस अन्तिम साता भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८
फाइल फोटो

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको तयारी गरेका छन् ।



बालुवाटार स्रोतका अनुसार उनी पुसको अन्तिमतिर भारत भ्रमणमा निस्किनेछन् ।

भ्रमणका लागि पुसको अन्तिम साता मिति प्रस्तावित गरिएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्किन लागेका हुन् ।

देउवा प्रधानमन्त्री भएपछि यो उनको दोस्रो विदेश भ्रमण हो । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट