केपी ओलीले पार्टी प्रवेशको नाममा गाउँ-गाउँमा शीला खोज्दै हिंडे – प्रचण्ड-Sutra News

केपी ओलीले पार्टी प्रवेशको नाममा गाउँ-गाउँमा शीला खोज्दै हिंडे – प्रचण्ड

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाउँगाउँमा शीला खोज्दै हिँडेको आरोप लगाएका छन् ।



शुक्रवार काठमाडौँमा आयोजित नेकपा मसालसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले ओलीको नाम नलिई पार्टी प्रवेशको नाममा शीला खोज्दै हिँडेको बताएका हुन् ।

‘पार्टी प्रवेशका नाममा कोही कोही गाउँ गाउँमा शिला खोज्दै हिँडेका छन्,’ उनले भने, ‘तर हामीले सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो गर्छौं । त्यस्ताको भर पर्नु हुँदैन ।’

उनले ओलीलाई थप षड्यन्त्र नगर्न चुनौती दिए ।  ‘यहाँ षड्यन्त्र चल्ने छैन,’ उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिस्ट सचेत छन् । आगो सँग खेल्दा बालुवाटारबाट बालकोट पुगे । छ वटै प्रदेशबाट मुख्यमन्त्री हट्नुपर्यो ।’

उनले थपे, ‘आउने निर्वाचनमा देखिने छ, कसको हालत के भयो र कसको हालत के हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट