थप २६० जनामा कोरोना संक्रमण, ५०४८ जना सक्रिय संक्रमित-Sutra News

थप २६० जनामा कोरोना संक्रमण, ५०४८ जना सक्रिय संक्रमित

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

देशैभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ भने ८ लाख १० हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट