राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त-Sutra News

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निणर्य गरेको हो ।



बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफरिसमा परेका ५ जना उम्मेदवारमध्येबाट शर्मालाई नियुक्त गरिएको हो । शर्मासँगै प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, महानन्द चालिसे र शोभाखर कँडेललाई बोर्ड अध्यक्षमा सिफारिस गरिएको थियो ।

अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो ।

सूचीमा सूचीकृत भएका उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि शर्मालाई छनोट गरिएको हो । शर्मा पूर्व शिक्षा सचिवसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट