अध्ययन नगरी एमसीसी अघि बढाउन सकिंदैनः माधव नेपाल-Sutra News

अध्ययन नगरी एमसीसी अघि बढाउन सकिंदैनः माधव नेपाल

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अध्ययन नगरी एमसीसी अगाडी बढाउन नसकिने बताएका छन् । उनले अध्ययन गरेर मात्रै एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका हुन् ।



सल्यानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए ।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट