आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगे- प्रचण्ड-Sutra News

आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगे- प्रचण्ड

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा सबैको हालत देखिने बताएका छन् ।



नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो तर्क प्रस्तुत गरेका हुन् ।

उनले आफू संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको समेत स्मरण गरे । उनले भने, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन हुँदा धोका दिएका कारण पार्टी फुटेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट