राजनीतिक दलले बालबालिकालाई प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित-Sutra News

राजनीतिक दलले बालबालिकालाई प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँगाउँमा पार्टी प्रवेश गराउनेदेखि विभिन्न राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ । ठूला दलको अधिवेशन चलिरहेको समयमा सबैभन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ ।



सभा, सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्याधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रमसमेत बालबालिकालाई प्रयोग गरिन थालिएको छ ।

दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ पार्टीको नेता सहभागी हुने कार्यक्रममा पनि बालबालिका तथा विद्यार्थीलाई समेत विद्यालयमा जम्मा गरेर विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाई प्रवेश गराएको अभिभावकहरूले गुनासो गर्न थालेका छन् ।

बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीतिमा लगाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका– ४ का सुरेन्द्र सिंहले बताए ।

‘पढ्ने, लेख्ने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई प्रयोग गरेर खण्डित गरी भविष्य बर्बाद गराउने काम हुनु गलत छ । यसको जती विरोध गरे पनि कम हुन्छ,’ उनले भने, ‘बालबालिका भनेका काँचो माटो हुन् । उनीहरूलाई जुन संस्कार दियो, सोहीअनुसारको चेतनामा वृद्धि हुन्छ ।’

विद्यालयका शिक्षकहरू समेत आफ्नो विचार मिल्ने दललाई सहयोग गर्न कार्यक्रममा विद्यार्थी पठाउने गरेको अभिभावकको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट