समावेशी आयोगले गडबढ गर्न खोजेको भन्दै खस क्षेत्री एकता समाज र मष्ट धर्म महासंघको आपत्ति [विज्ञप्तिसहित]-Sutra News

समावेशी आयोगले गडबढ गर्न खोजेको भन्दै खस क्षेत्री एकता समाज र मष्ट धर्म महासंघको आपत्ति [विज्ञप्तिसहित]

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ ।  राष्ट्रिय समावेशी आयोगले खस आर्यका लागि थरि वर्ण र गोत्र सुचिकृत गर्ने धृष्टता गरेको भन्दै खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले आपत्ति जनाएका छन् ।



शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो संस्थाले ध्यानाकर्षण जनाएका हुन् ।

‘आयोगले जारी गरेको सूचना अनुसार खस आर्यका लागि थरि वर्ण र गोत्र सूचिकृत गर्ने धृष्टता यस आयोगबाट हुन् गइरहेको छ, भन्नाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको यसप्रति हाम्रो गम्भीर आपत्ति रहेकाले ध्यानआकर्षण गर्न खस अभियानमा लागेका हामीहरु खस क्षेत्री एकता समाज एवं विश्व मष्ट धर्म महासंघको नेतृत्वमा उपस्थिति भएका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले आयोगले विश्वव्यापी मान्यता र संवैधानिक भावनालाई शिरोपर गर्दै खस जातिका थरको पहिचान गर्दै खसको स्वतन्त्र पहिचान कायम गर्दै खासमाथि न्याय दिलाउनुपर्ने मागसमेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट