अछाममा ३ हजार ८६३ मतदाता थपिए-Sutra News

अछाममा ३ हजार ८६३ मतदाता थपिए

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् ।



उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए ।

दोस्राे चरणकाे ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन् ।  हालसम्म अछाममा  एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सुचना अधिकारी थारूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट