स्थायी कमिटी बैठकमा प्रचण्डको प्रस्ताव- पदाधिकारीको संख्या १५ बनाऔं-Sutra News

स्थायी कमिटी बैठकमा प्रचण्डको प्रस्ताव- पदाधिकारीको संख्या १५ बनाऔं

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदाधिकारीको संख्या १५  बनाउने प्रस्ताव गरेका छन् ।



आज पार्टीको केन्द्रीय कार्यालय पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको संख्या १५ पुर्याउने प्रस्ताव राखेको हो ।

प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

अहिलेको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ ।

माओवादीको राष्ट्रिय सम्मेलन केहीदिनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट