नमस्ते पे बन्यो असफल परियोजना, मिलेमतोमा भारतीय कम्पनीलाई दिइएको थियो ठेक्का-Sutra News

नमस्ते पे बन्यो असफल परियोजना, मिलेमतोमा भारतीय कम्पनीलाई दिइएको थियो ठेक्का

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेपाल टेलिकमले सुरु गरेको नमस्ते पे असफलसिद्ध भएको छ । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले मिलेमतोमा असक्षम भेन्डर चयन गर्दा परियोजना नै असफल बनेको हो ।



टेलिकमको नेतृत्वले आवश्यक सतर्कता अपनाउन नसक्दा परियोजना नै असफल बनेको कम्पनीका उच्च अधिकारीहरू बताउँछन् । ‘सुरुमा मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्ने सिस्टम बनाउने भनिएको थियो । तर अहिले बजारमा उपलब्ध अन्य वालेट जस्तै सिस्टम बनाइएको छ ।

सुविधा भने केही छैन । टेलिकमका एक अधिकारी भन्छन्, ‘मोबाइल ब्यालेन्सबाट भुक्तानी गर्न मिल्ने भनेर बजारमा उत्साह जगाइयो र टेन्डर निकालियो । तर अहिले सामान्य वालेट जत्तिको सिस्टम पनि बनेको छैन ।’

फिनटेक विज्ञ तथा एससीटी नेटवर्कका पूर्व प्रमुख प्राविधिक अधिकृत समीरमेहर बज्राचार्य समेत सुरुवाती समयमा नमस्ते पेसँग आफ्नो पनि अपेक्षा धेरै रहेको भए पनि अहिले आउँदा पूरा नभएको बताउँछन् । नेपाल डिजिटल पेमेन्ट कम्पनीलाई असफल हुनुको पछाडिको मुख्य कारण हो, मिलेमतोमा ठेक्का पाउने भारतीय कम्पनी ‘कमभिभा’ ।

जसका स्थानीय साझेदार सोहन श्रेष्ठ नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीसँग निकट छन् । श्रेष्ठ नागरिक र कान्तिपुर मिडिया ग्रुपका पूर्व कर्मचारी समेत हुन् ।

त्यसैले नै उनले आफू स्थानीय एजेन्ट रहेको कमभिभालाई ९ असोज २०७७ मा नमस्ते पेको ठेक्का पार्न लगाए । जब कि कमभिभा वित्तीय प्रस्तावमा आवेदन दिने छ कम्पनी मध्ये चौथो नम्बरमा थियो ।

उसले १६ लाख ६६ हजार ९६६ अमेरिकी डलर (समाचार तयार पार्दाको मितिको विनिमय दरअनुसार करिब २० करोड १० लाख १९ हजार रुपैयाँभन्दा बढी) प्रस्ताव गरेको थियो ।

जब कि पहिलो नम्बरमा रहेको सेन्जेन किङ्गडमले १३ लाख ८३ हजार ६३१.३६ अमेरिकी डलर (समाचार तयार पार्दाको मितिको विनिमय दरअनुसार करिब १६ करोड ६८ लाख ५२ हजार रुपैयाँ) कबोल गरेको थियो । सेन्जेन मात्र नभएर वन९७ र सिक्सडीको बोलकबोल मूल्य समेत कमभिभाको तुलनामा न्यून रहेको थियो । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट