उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै माेटरसाइकल लिएर फरार-Sutra News

उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै माेटरसाइकल लिएर फरार

शनिबार, १० पौस २०७८

शनिबार, १० पौस २०७८

दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएकाे छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए ।



कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् ।

छालाको उपचार गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भनिएका परियार त्यहीँबाट भागेको प्रहरीको भनाइ छ । उनी आफूलाई अस्पताल पुर्‍याइएको प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् ।

प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाइकलसहित परियारलाई उपचार गर्न लगिएकाे थियाे । तर, उनी माेटरसाइकलसहित भागेपछि डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो हुनसक्ने प्रहरीकाे आँकलन छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट